यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, साउन ५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ । जसले गर्दा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको
जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार










