एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पार्टी कार्यालय च्यासलमा बस्दैछ।
बैठकमा सचिवालय र पोलिटब्युरोबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ।
संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने व्यवस्थालाई हटाइएको छ।
विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ
एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार










