तुलसीपुरको सितलपुर घाट नजिकै एक युवक मृत फेला



दाङ । तुलसीपुरको सितलपुर घाट नजिकै २१ वर्षीय एक युवक मृत फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका किरण खत्री आइतबार बेलुकी साढे ६ बजे मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार मृतकको शरिरमा देखिने गरी कुनै घाउ खत भने छैन।

शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ ।

केसी घर नजिकैका एक जना साथीलाई बिहान भेट्न गएका थिए। उनी दिउँसोतिर उरहरी चोकमा पनि पुगेको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्