इरानले फेरि नयाँ परमाणु संयन्त्र बनाए बमबारी गरी ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै नयाँ परमाणु संयन्त्र बनाउने प्रयास नगर्न इरानलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले त्यस्तो प्रयास गरिए अमेरिकाले बमबारी गरी ध्वस्त बनाइदिने चेतावनी दिएका हुन् ।

ट्रम्पले अमेरिकी सैन्य आक्रमणबाट इरानका तीन परमाणुस्थल पूर्ण रूपमा नष्ट गरिएको पनि दोहोर्‍याए ।

इरानका तीनवटै परमाणुस्थल पूर्ण रूपमा नष्ट भएको दाबी गरे । उनले तिनलाई पुनः सञ्चालन गर्न वर्षौं लाग्ने जिकिर गरे ।

उनले इरानले नयाँ परमाणु संयन्त्र बनाउने खोजे अमेरिकाले तिनलाई पनि नष्ट गर्ने स्पष्ट पारे । गएको जुन २१ मा अमेरिकाले इरानमा ‘मिडनाइट ह्यामर अपरेसन’अन्तर्गत आक्रमण गरेको थियो ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्