नेपालमा एक वर्षमा भित्रियो २४ करोडको कण्डम
काठमाडौं । नेपालमा गत आर्थिक वर्ष (आव) ०८१-८२ मा करिब २४ करोड मूल्यको पुरुष कण्डम भित्रिएको छ ।
गर्भनिरोधका लागि प्रयोग गर्ने २४ करोड बढी मूल्यको
तीन करोड ९३ लाख ७५ हजार थान कण्डम आयात भएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष ०८०-८१ मा नेपालमा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।
सरकारले कण्डमको आयातमा असाध्यै न्यून भन्सार महसुल दर कायम गरेको छ । गत आवको कण्डम आयातबाट सरकारले नौ हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको थियो ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार
















