थाइल्याण्ड र कम्बोडियाली सैनिकबीच गोलीबारी
एजेन्सी । थाइल्याण्ड-कम्बोडिया सीमामा झडप भएको छ । बिहानैदेखि दुई देशका सैनिकबीच गोलीबारी भइरहेको हो ।
दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाएका छन् । एकदिन अघि सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए ।
त्यसपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो । थाई सेनाले कम्तीमा दुई सैनिक र तीन सर्वसाधारण घाइते भएको बताएको छ ।
सीमा झडपका बिच थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न आग्रह गरेको छ । विवादित सीमा नजिकै रहेका सबै विद्यालयहरू बन्द गरिएको छ ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार
















