थाइल्यान्ड-क्याम्बोडिया द्वन्द्व : १४ जनाको मृत्यु, एक लाखभन्दा बढी विस्थापित



एजेन्सी । कम्बोडिया र थाइल्यान्डबिच जारी द्वन्द्व बढ्दै गइरहेको छ । आज पनि दुई देशबिचको सीमामा गोलीबारी भएको दाबी गरिएको छ ।

यस द्वन्द्वमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने एक लाखभन्दा धेरै मानिस विस्थापित भएको बताइएको छ ।

दुवै तर्फबाट आक्रमणका लागि गोलीबारी, क्षेप्यास्त्रको प्रयोग भइरहेको छ । आक्रमणपछि हिंसा प्रभावित क्षेत्रहरूबाट आम मानिसहरू बसाइँ सर्न थालेका छन् ।

महिनौँदेखि दुई देशको सीमामा ८०० किमी विवादित खन्डको विषयमा थाइल्यान्ड र कम्बोडियाबिच बहस चलिरहेको थियो ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्