अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो



डेनभर, अमेरिका – अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

अमेरिकन एयरलाइन्सको ‘बोइङ ७३७ म्याक्स ८’ विमानको ल्यान्डिङ गियर फेल भएपछि उड्न रोक्नुपरेको थियो। यस क्रममा विमानको पछिल्लो भागमा आगलागी भएको हो। विमान मियामीतर्फ उड्ने तयारीमा थियो।

अमेरिकी समय अनुसार दिउँसो २:४५ बजे (भारतीय समय अनुसार राति २:१५ बजे) यो घटना भएको हो। विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रुलाई आपतकालीन स्लाइडरको प्रयोग गरी सकुशल बाहिर निकालिएको छ।

दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको छ, जसमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र अमेरिकन एयरलाइन्सले घटनाको छानबिन सुरु गरिसकेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्