बैंककमा बन्दुकधारीले गोली चलाउदा चार जनाको मृत्यु
एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा अज्ञात बन्दुकधारीले गोली चलाउदा चार जनाको ज्यान गएको छ ।
अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो । स्थानीय बजारमा जथाभावी गोली चलाउदा चार जना सुरक्षा गार्डको मृत्यु र एक जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ ।
बन्दुकधारीले गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार
















