बेइजिङमा भारी वर्षा र बाढी, ३० जनाको मृत्यु



एजेन्सी । चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ ।

बेइजिङ प्रशासनले आपतकालीन बाढी चेतावनी जारी गरेको छ ।

गत हप्ता शनिबारदेखि शुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजारभन्दा बढी मानिसहरू अर्को ठाउँमा सर्नु परेको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका सबै मानिसहरूको खोज्न, राहत र उद्धार कार्य सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्