कच्चा तेलको मूल्य फेरि बढ्दै
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ ।
कच्चा तेलको भाउ बढेर ब्यारेलको ७५ डलरमाथि पुगेको छ । आयल प्राइस डटकमले जनाएको छ । गत राति मुरबान क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ७५.२५ डलरमा कारोबार भएको छ ।
ब्रेन्ट क्रुडमा ब्यारेलको ७२.६३ र डब्ल्यूटीआई क्रुडमा ६९.२२ डलरमा कारोबार भएको छ । ब्यारेलको ६५ देखि ७० डलरको बीचमा रहेको कच्चा तेलको भाउ यो सातादेखि बढ्न थालेको हो ।
कच्चा तेलको मूल्य सन् २०२५ बाँकी समय प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम रहने पूर्वानुमान सार्वजनिक गरिएको थियो ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार
















