क्यालिफोर्नियामा अमेरिकी एफ-३५ लडाकु विमान दुर्घटना



एजेन्सी । अमेरिकी सेनाको एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको लेमुर नौसेना एयर स्टेसननजिकै दुर्घटना भएको छ।

मध्य क्यालिफोर्नियाको फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिणपश्चिम लेमुर नौसेना एयर स्टेसनमा साँझ ६:३० बजे विमान दुर्घटना भएको नौसेनाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जेटबाट समयमै बाहिर निस्कन सफल भएका पाइलटलाई अस्पताल लगिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्