जिन्दगीमा एक पैसा तलमाथि गरेको छैन : पूर्वप्रधानमन्त्री नेपाल



काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोधले आफूमाथि मुद्दा लगाइएको जिकिर गरेका छन्।

पूर्वप्रधानमन्त्री नेपालले भने- ‘मेरो नत भ्रष्टाचारको केस नै हो, जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। जसमा नेपाल सरकारलाई अहिले सम्म एक पैसा पनि नोक्सान भएको छैन।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार दायर गरेको मुद्दा विशेष अदालतमा मुद्दा विचाराधीन छ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए।

यस मुद्दामा नेपाललेले हालै ३५ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्