बैतडीमा महिला तीन दिनदेखि बेपत्ता



बैतडी, साउन १८ । सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् ।

यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए । भागरथीका श्रीमान् रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् ।

भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्