डोनाल्ड ट्रम्प भन्छन् – पुटिन र जेलेन्स्कीसँग शिखर सम्मेलनको राम्रो सम्भावना छ
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शिखर सम्मेलन हुने सम्भावना रहेको बताएका छन् ।
ट्रम्पका अनुसार, उनका विशेष दूत र पुटिनबीच हालैको वार्ताले सकारात्मक संकेत दिएको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘दुवै नेताबीच शिखर बैठकको धेरै राम्रो सम्भावना देखिएको छ। वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ।’
रूसी पक्ष क्रेमलिनले पनि स्टिभ विटकफ र पुटिनबीचको वार्ताबारे एक संक्षिप्त बयान जारी गर्दै ुरचनात्मक वार्ताु भएको पुष्टि गरेको छ। रूसी विदेश नीति सल्लाहकारहरूले मस्कोमा दुवै पक्षबीच सकारात्मक संकेत आदानप्रदान भएको बताएका छन्।
यो संवाद अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले रूसलाई युक्रेनमा युद्धविराम सहमतिमा आउन केही दिनको समयसीमा दिएकै केही दिनपछि भएको हो ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार
















