लिङदेनको भेला स्थगन लगत्तै राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरेलगत्तै राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।
आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो ।

भेलामा विवाद भएपछि अध्यक्ष लिङदेन अधिवेशन स्थगित भएको घोषणा गर्दै बाहिरिएका थिए ।

लगत्तै ज्योति लामा समूहले नयाँ कार्यसमिति घोषणा गरेको हो ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्