नर्दर्न टोरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित



काठमाडौँ ३० साउन। नेपालले टप इन्ड टी–२० सिरिजको पहिलो खेलमै फराकिलो हार बेहोरेको छ ।

शुक्रवार सम्पन्न पहिलो खेलमा घरेलु टोली नर्दर्न टोरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित भएको हो । १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो ।

नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । गुल्शनकुमार झाले २६ रन बनाए । कप्तान रोहितकुमार पौडेल २३, दीपेन्द्रसिंह ऐरी १९ र आशिफ शेख ११ रनमा आउट भए ।

नर्दर्न टोरिटोरीका म्याट ह्यामन्डले सर्वाधिक तीन विकेट लिए । केन रिचर्डसनले दुई विकेट लिँदा थोमस एन्ड्रयुज र हामिश मार्टिनको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नर्दर्ज टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो ।

नर्दर्ज टेरिटोरीका कप्तान डी’आर्सी सर्टले सर्वाधिक ५४ रन बनाए । 

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । शाहब आलमले दुई विकेट लिँदा रुपेश सिंह र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्