दुई संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेण्डा



काठमाडौं, भदौ ३ । प्रतिनिधि सभाअन्तर्गतका दुई संसदीय समितिहरूको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयद्वारा प्रकाशित सूचनाअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज (मंगलबार) दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल गर्ने तथा विविध विषयमा छलफल गर्ने एजेण्डा राखिएको छ ।

यस्तै, अर्थ समितिको बैठक दिउँसो ३ बजे संघीय संसद सचिवालयको भवन नं. १ मा बस्नेछ ।

बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने र विविध विषयमा छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्