फिनल्याण्डका युवा सांसदको संसद भित्रै ज्यान गयो
काठमाडौँ । फिनल्याण्डका युवा सांसदको संसद भित्रै ज्यान गएको छ ।
सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद ३० वर्षीय सांसद इमेली पेल्टोननको ज्यान गएको हो ।
पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो ।
सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसदका केही समितिहरूमा काम गर्थे ।
साथै उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कम उमेरका बोर्ड अध्यक्षसमेत थिए । हाल प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार
















