दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमणको प्रयास, एक जना पक्राउ
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि एक व्यक्तिले हात समातेर दुर्व्यवहार गर्ने गर्ने प्रयास गरेका छन्।
आज बिहान मुख्यमन्त्री निवासमा आयोजित जनसुनुवाइ कार्यक्रमका बेला एकजना व्यक्तिले उनको हात समातेर दुर्व्यवहार गर्न खोजेका हुन् ।
त्यसक्रममा धक्कामुक्का हुँदा मुख्यमन्त्रीको टाउको टेबुलको कुनामा ठोकिन पुग्दा सामान्य चोट लागेको बीजेपी दिल्लीका अध्यक्ष वीरेन्द्र सचदेवाले बताए।
मुख्यमन्त्रीमाथि आक्रमणको प्रयास गर्न खोजेका ४१ वर्षीय राजेशभाइ सकरिया रहेका छन्।
४१ वर्षीय राजेशभाइ सकरिया लाई प्रहरीले नियन्त्रणमा लिइसकेको दिल्ली प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार
















