लिपुलेक प्रकरण : प्रधानमन्त्रीको भारत र चीन भ्रमण अनिश्चित



काठमाडौं । भारत र चीनले नेपाललाई ‘बाइपास’ गरेर लिपुलेक नाका प्रयोगबारे सहमति गरेप्रधानमन्त्री केपी शर्मा ओलीको ती दुबै देशको भ्रमण अनिश्चित बनेको छ ।

प्रधानमन्त्री ओली चीन र भारत भ्रमणमा जान लागेका बेला ती दुवै देशले लिपुलेक नाका प्रयोगबारे सहमति गरेका हुन् । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले मंगलबार सहमति गरेका थिए ।

लगत्तै नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको र भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको जनाएको छ ।

‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ,’ मन्त्रालयले पहिलो बुँदामा लेखेको छ ।

यस विषयमा भारतले पनि प्रतिक्रिया जनाउँदै नेपालले जारी गरेको नक्सा आधारहीन भनेको बताएको छ ।

भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका आफूले दसकौँदेखि प्रयोग गरी आएको समेत भनेको छ ।

प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्