मलेसियामा भाेजपुरका एक युवाकाे मृत्यु


 


क्वालालम्पुर, चैत्र १२

मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार भाेजपुरका एक युवाकाे मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वर्षिय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको स्थानीय संस्था ‘द स्टार’ले जनाएको छ । कटुवालका छिमेकी कमल वस्नेतले दिएको जानकारीअनुसार उनी करीव तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए ।

कटुवालको परिवारमा दुई छोरा र श्रीमती रहेको वताईएको । शवलाई स्थानीय अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्