मच्छिन्द्र फुटबल क्लबद्वारा प्लानिङ ब्वाइज युनाइटेड पराजित



काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१९ युथ लिगमा मङ्गलवार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध १०–० गोलको एकतर्फी जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा ३० अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट १० अङ्कका साथ १२औँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रलाई जित दिलाउन गोविन्द विक र सुमन बम ठकुरीले ह्याट्रिक गर्दा विकास थापाले दुई तथा करण धामी र साइस डङ्गोलले समान एक गोल थपे । 

प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्