चिनमा हुने सैन्य परेडमा उत्तर कोरियाका प्रमुख नेता किम जोन सहभागी हुने



एजेन्सी । चिनको बेइजिङमा हुने विशाल सैन्य परेडमा उत्तर कोरियाका नेता किम जोन उन सहभागी हुने भएका छन्।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा पहिलोपटक विदेशी शीर्ष नेताहरु सहभागी हुन लागेका हुन्, जसमा किम पनि सहभागी हुनेछन्।

चीनले विजय दिवसका रुपमा मनाउने यो सैन्य परेड जापानविरुद्धको ८०औँ युद्ध दिवस र दोस्रो विश्व युद्ध अन्त्यको दिन पारेर मनाउने गरिएको छ। यो परेडमा रुसी २६ देशका नेता सहभागी हुने बताइएको छ।

जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम पनि समावेश छ। यो परेडमा चीनले सयौँ सैन्य विमानसहित अत्याधुनिक अस्त्रहरु, एन्टी ड्रोन सिस्टमलगायत सैन्य सामग्री प्रदर्शन गर्ने बताइएको छ।

बीबीसीका अनुसार निकै सुसज्जित बनाउन लागिएको यो सैन्य परेडमा तियानमेन स्क्वाएर परेडमा १० हजारभन्दा बढी सैनिक सहभागी हुनेछन् ।

परेडमा चिनियाँ पिपुल्स लिबरेशन आर्मीका ४५ जना विशिष्ट सैनिक अधिकृत सहभागी हुनेछन्। ७० मिनेटसम्म चल्ने परेडमा राष्ट्रपति सी जिनपिङ सहभागी हुने र मन्तव्य दिने बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिले अमेरिकासँगको सम्बन्ध बिग्रिएका बेला चीनले आफ्नो समर्थनमा रहेका देशका प्रमुखहरुलाई बोलाएर परेड गर्न लागेकालाई यसलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्