मिस नेपालको उपाधि लुना लुइटेललाई



ललितपुर, १४ भदौ। मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जितेकी छन्।

शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बनेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन्।

मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीले पाइन्। हिडन ट्रेजरले आयोजना यो प्रतियोगिता सम्पन्न भएको हो।

प्रकाशित मिति: १४ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्