एकाएक ट्रम्पसँग कसरी मोदी चिढिन पुगे ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको धेरै समय भएकै छैन । यही अवधिमा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक साझेदार मुलुकसँगको सम्बन्ध गम्भीर सङ्कटको अवस्थामा पुगेको छ ।

Tata
Futuressoft
अमेरिका र भारतबिचको सम्बन्ध २१औँ शताब्दीकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । अवस्था यतिसम्म खराब भएको छ कि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत दुई महिना यता ट्रम्पको फोन उठाउनसमेत इन्कार गरेका खबर सार्वजनिक भएका छन् ।

वर्गीकृत विज्ञापन
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
पछिल्लो समय ट्रम्पले भारतीय पक्षसँगको व्यापार सम्बन्धलाई लिएर पूर्ण रूपमा एकतर्र्फी र बर्बादीपूर्ण आरोप लगाएका छन् । सम्बन्धित क्षेत्रबाट आएका खबर अनुसार उनी यही वर्षको अन्त्यमा भारतमा हुने भनिएको भारत, अमेरिका, अष्ट्रेलिया र जापान सम्मिलित ‘क्वाड’को शिखर सम्मेलनका लागि समेत भारत आउने योजनामा छैनन् ।

Shivam Cement
रातारात सम्बन्धमा ठुलो दरार
यस्तो दिन आउला भनेर सायदै कसैले सोचेका थिए होला । गत साल अमेरिकामा ट्रम्पले राष्ट्रपतिको चुनाव जित्दा नयाँ दिल्लीका सडकमा धेरै मानिस खुसी देखिन्थे । मोदीले आफ्ना ‘मित्र’लाई जितका लागि सामाजिक सञ्जाल ‘एक्स’मार्फत बधाइ दिए । बधाइ लेखिएको पोष्टमा उनीहरूले हात समातेर अङ्कमाल गरेका तस्बिर राखिएका थिए ।

Embark college
भारतीय विदेशमन्त्री एस जयशंकरले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको पुनरागमनले अन्य मुलुकलाई चिन्तित बनाएको हुन सक्ने भए पनि भारतलाई कुनै चिन्ता नभएको बताएका थिए ।

ट्रम्पले कार्यकाल सम्हालेको केही समयभित्र मोदी उनलाई भेट्न वाशिंगटन पुगे । अमेरिका जाँदा मोदी आत्मविश्वास सहित गएका देखिन्थे, तर भेटघाट भने त्यति राम्रो भएन ।

दुई शीर्ष नेताको बैठकको पूर्वसन्ध्यामै हात खुट्टामा हतकडी र नेल बाँधिएका भारतीय नागरिकहरू बोकेको सैन्य विमान भारत उत्रियो । अमेरिकाबाट लखेटिएका भारतीयहरूका पीडादायी तस्बिर सञ्चार माध्यममा यत्रतत्र देखिए । यसले मोदीलाई लज्जित महसुस गरायो ।

अमेरिकी राष्ट्रपति भवनको ‘ओभल अफिस’मा ट्रम्पसँग कुरा गर्दै मोदीले अमेरिकासँग हतियार, तेल र ग्यास किन्ने बाचा गरे । साथै भारतलाई प्रतिशोधकारी अतिरिक्त भन्सार शुल्क नलगाउन आग्रह गरे, तर उक्त सहमति कार्यान्वयन गराउन मोदी सफल हुन सकेनन् ।

त्यस भेटको केही साता लगत्तै ट्रम्पले भारतलाई २७ प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरे । ट्रम्पले आशा गरेको जस्तो राम्रो सम्झौतामा नपुग्दासम्म यस्तो महसुल लाग्ने भनिएको थियो । त्यही समय ट्रम्पले चीनलाई भने केवल १० प्रतिशतमात्रै भन्सार शुल्क लगाएका थिए ।

काश्मीर सङ्कट
कुडिएको मन बोकेर भए पनि नयाँ दिल्ली व्यापारबारे वार्तामा बस्न थाल्यो । अमेरिकी उपराष्ट्रपति जेडी भान्स गत अप्रिलको अन्त्यमा भारत भ्रमणमा आए । त्यसबेला दुई वटै पक्षले सम्झौताबारे सकारात्मक कुरा गरेका थिए । तर भान्स दिल्लीमै हुँदाका बखत भारत भने नयाँ संकटमा फसिसकेको थियो ।

अप्रिलको २२ तारिखमा काश्मीरको पहलगाममा २६ जनाको हत्या हुने गरी भयानक हमला भयो, जसमा धेरैजसो हिन्दु पर्यटक मारिए । त्यो ठाउँ लामो समयदेखि भारत र पाकिस्तानबिच एक प्रकारको द्वन्द्व चल्ने गरेको थलो थियो । मोदी सरकारले यो घटना लगत्तै विगतमा झैँ बल प्रयोग मार्फत् बदला लिने संकल्प ग¥यो ।

मे महिनाको ७ तारिखमा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीरमा आतंकवादी शिविरहरू भएको दाबी गर्दै बम हमला ग¥यो । अप्रत्यासित रूपमा द्वन्द्व एकाएक बढ्न थाल्यो । दुवै पक्षले एकअर्कालाई निसाना बनाएर ड्रोन र क्षेप्यास्त्रमार्फत आक्रमण गर्न थाले ।

संसारभरका सरकारहरूले यी दुई आणविक हतियार सम्पन्न मुलुकलाई स्थिति नियन्त्रण बाहिर जानुभन्दा पहिले नै झगडा रोक्न आग्रह गर्न थाले । नभन्दै मे १० तारिखको बिहान सबेरै उनीहरूले हमला रोके । साथै युद्धविराममा सहमतसमेत भए ।
मध्यस्थताबारे ट्रम्पको दाबी
भारत र पाकिस्तानका सरकारहरूले यस मामलाबारे बोल्न नपाउँदै ट्रम्पले एक कदम अघि सरेर युद्धविरामको श्रेय आफैँले लिए । उनले सामाजिक सञ्जालको एउटा पोष्ट मार्फत भारत र पाकिस्तान युद्धविराम सम्झौताको लागि तयार भएको घोषणा गरे । लगत्तै अर्काे दिन उनले भारत र पाकिस्तान आफ्नो मध्यस्थतामा काश्मीर द्वन्द्वको समाधानका लागिसमेत बस्न तयार भएको भन्न थाले ।

यस्तो घोषणाले पाकिस्तानमा खुसीयाली छायो, तर भारत भने नराम्ररी कुडिन पुग्यो । भारत लामो समयदेखि काश्मीर मामिला केवल द्विपक्षीय भएको धारणा राख्छ । त्यसमा तेस्रो पक्षको संलग्नतालाई उसले स्विकार्दैन । गत २० वर्षदेखि अमेरिका पनि भारतको यही अडानलाई मान्दै आएको थियो । तर ट्रम्प भने एकाएक फरक विचारसहित बोल्न थाले ।

यसले मोदीलाई असहज अवस्थामा पु¥यायो । यद्यपि अमेरिकासँग द्विपक्षीय लाभको सम्बन्ध कायम राख्न तथा सजायमूलक भन्सार शुल्कहरू छल्नका लागि उनले ट्रम्पलाई नचिढ्याउने विकल्प रोजे । अर्थात् उनी यस मामलामा बयानवाजीमा उत्रिएनन् । यद्यपि उनी भारतको आधारभूत नीतिविरुद्ध ट्रमले गरेका दाबीहरूलाई मान्न भने तयार भएनन् । उनले ट्रम्पलाई फोन गरे । काश्मीर मामलामा ट्रम्पले भनेजस्तो मध्यस्थता स्विकार्य नहुने कुरा बताए ।

यिनै घटनाको सेरोफेरोमा पाकिस्तानले मौका छोप्यो । भारत–अमेरिका सम्बन्धमा थप दरार ल्याउन तथा वाशिंटनको समर्थन आफ्नो पक्षमा पार्नका लागि पाकिस्तानले यो अवसर प्रयोग गर्न लाग्यो । ट्रम्पको नोवेल पुरस्कार मोहबारे जानकार इस्लामावादले उनलाई पछिल्लो भारत–पाकिस्तान द्वन्द्व अन्त्यमा सघाएको भन्दै नोवेल पुरस्कारका लागि मनोनयन गराएको घोषणा ग¥यो ।

यसबाट हौसिएका ट्रम्पले जुन १७ मा मोदीलाई फोन गरेर भारतले पनि मनोनयन गरोस् भन्ने आग्रह गरे । अझ खराब त केसम्म भयो भने मोदीलाई त्यही महिना क्यानडामा भएको जी–७ मुलुकहरूको शिखर बैठकमा भाग लिएर फर्कने क्रममा

पछिल्ला रिपोर्टहरू अनुसार नरेन्द्र मोदीलाई यस घटनाले साह्रै मन भाँचिदिएको थियो । उनले यी दुवै आग्रह सोझै अस्वीकार गरे । त्यही समयपछि यी दुई नेताले आपसमा कुराकानी गरेका छैनन् ।

यस घटनाबाट रन्थनिएका ट्रम्पले भारतलाई रुसी तेल किन्न नरोकेको भन्दै भन्सार शुल्क ५० प्रतिशत पु¥याउने घोषणा गरे । साथै व्यापार वार्ता पनि पछाडि धकेलिदिए ।

ट्रम्पको रवैयाले आम भारतीयाई आक्रोशित बनायो । उनीहरू त्यसको जबाफ हुनुपर्ने माग गर्न थाले, तर मोदी सरकारसँग भरपर्दाे विकल्प भएन ।

उता भारतमा विपक्षी दलहरू ‘नरेन्दर सरेन्डर’ भन्दै हल्ला गर्न थाले । ट्रम्पको आदेशमा निरीह उभिएको मोदीको छवि देखाएर उनको उछितो काढ्न थाले । मोदी कमजोर देखिएजस्तो भान भयो । अझै पनि भारतसँग बजार, व्यापार, प्रविधि, हतियार तथा कूटनीतिक समर्थनबारे सम्झौता गर्न कुनै प्रमुख विश्वशक्ति तयार थिएनन् ।

अमेरिकासँग सम्बन्ध बिग्रिन थालेपछि नयाँ दिल्लीले चीनसँगको सम्बन्ध सुधार्न मेहनत गर्न थाल्यो । चीनसँग सन् २०२० मा भएको रक्तपातपूर्ण सीमा झडपले तनावपूर्ण बनेको सम्बन्ध अझै पूरा मत्थर हुन बाँकी नै थियो ।

यिनै घटनाक्रमका बिच अगष्ट ३१ मा मोदी चीन पुगे । गत ७ वर्षमा उनी पहिलो पटक चीन पुगेर सी जिनपिङसँग हात मिलाउँदै थिए । सी जिनपिङले भारत–चीनबिच सौहार्द्रतापूर्ण सम्बन्धमा जोड दिँदै भने, ‘अब ड्रागन र हात्ती सँगै नाच्नुपर्छ ।’
भलै भारत–चीनबिच अझै विश्वासको वातावरण तय हुन बाँकी नै छ, तर ट्रम्पका गतिविधिका कारण मोदी भने बेइजिङमा हात मिलाउन पुगेका छन् ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्