क्रिकेटर ऐरीको आइसिसी टी–२०आई अलराउन्डर वरीयता खस्कियो



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको आइसिसी टी–२०आई अलराउन्डर वरीयतामा खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधवार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र तेस्रोमा छन् । यसअघि उनी दोस्रो स्थानमा थिए ।  

अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी भने एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्