एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा



काठमाडौँ, भदौ १९ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक अपराह्न ३ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्