राष्ट्रियसभाबाट चार विधेयकमाथि विचार गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, २० असार । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकले सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटिएफ०को ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्धताका साथ काम गरिरहेको बताए। एफएटिएफका सुझाव कार्यान्वयन नभए नेपाल ‘कालो सूची’मा पर्न सक्ने सम्भावना रहेकाले त्यसको गम्भीरतालाई ध्यानमा राखी सहयोग गर्न उनले आग्रह गरे।
बैठकले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रस्ताव प्रस्तुत गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणलाई तीव्र गति दिन सरकारले उक्त विधेयक ल्याएको बताइन्।
त्यसैगरी, राष्ट्रियसभाले सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीबाट ऋण लिएका व्यक्तिप्रति आवश्यक कठोरता अपनाएमा मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुने बताइन्। ऋण असुली प्रभावकारी बनाउन केही कडा व्यवस्था गरिएको उनले स्पष्ट पारिन्।
यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव पनि राष्ट्रियसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन उक्त विधेयक ल्याइएको बताइन्।
राष्ट्रियसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १२ः१५ बजे बस्नेछ।
प्रकाशित मिति: २० असार २०८३, शनिबार












