न्याय सेवाका १७ सहसचिव र १३ उपसचिव सरुवा (सूचीसहित)



काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवलाई सरुवा गरेको छ । 

आयोगको बुधवारको निर्णयअनुसार न्याय समूह र सरकारी वकिल समूहमा रहेका सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

जसमा न्याय समूहतर्फका सहसचिव विशेष अदालतमा रजिष्ट्रारमा दरबन्दी रहेर न्याय परिषद् सचिवालयमा काजमा कार्यरत जितेन्द्रबाबु थपलियाको काजमै कार्यरत रहेको ठाउँमा सरुवा भएको छ भने उच्च अदालत पाटनमा रजिष्ट्रार पदमा दरबन्दी रहेर सर्वोच्च अदालतमा काजमा कार्यरत श्रीलाल पौडेलको काजमा कार्यरत ठाउँमै सरुवा भएको छ ।

यस्तै सर्वोच्च अदालतमा सहरजिष्ट्रार दरबन्दी रहेर विशेष अदालतमा काजमा रहेका वेदप्रसाद उप्रेतीको काज रहेकै ठाउँमा रजिष्ट्रार पदमा सरुवा भएको छ ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्