सूचीकरण नभएका सामाजिक सञ्जालबारे सरकारले आज निर्णय लिँदै



काठमाडौं । नेपालमा सूचीकरण हुन नमानेका सामाजिक सञ्जालबारे सरकारले आज निर्णय लिने भएको छ ।

तोकिएको समयमा सूचीकरण हुन नआएका फेसबुक, एक्स, अल्फबेट (गुगल), इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने / नगर्नेबारे निर्णय लिइने भएको हो । यसबारे निर्णय लिन आज बिहान १० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बस्दैछ ।

यही ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई एक साताभित्र सूचीकरण अनुरोध गर्ने र उक्त समयभित्र सूचीकरण नहुने प्लाटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले सूचीकरणका लागि दिएको सयम बुधबार राति सकिएको छ । तर, उक्त अवधिमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सूचीकरणका लागि आएका छैनन् ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्