रास्वपा नेता भण्डारीमाथि आक्रमण, टाउकोमा १० टाँका



काठमाडौँ, भदौ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि आक्रमण भएको छ ।

उनीमाथि गएराति कपनको प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जना व्यक्तिले रड प्रहार गरी आक्रमण भएको हो ।

नम्बर प्लेट छोपेर आएका तीन जना व्यक्तिमध्ये दुई जनाले रड प्रहार गरेको भण्डारीले बताए । रड प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । टाउकोमा १० टाँका लागेको उनले बताए । गाडी पनि तोडफोड गरिएको छ ।

उनका अनुसार केही समयअघि नारी टिभीमा दिएको एक अन्तरवार्तालाई लिएर उनलाई निरन्तर धम्की आइरहेको थियो ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्