पुटिनले राखेको वार्ताको प्रस्ताव जेलेन्स्कीले अस्विकार गरे



एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोमा वार्ताका लागि राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताएका हुन् । उनले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिएका छन् ।

जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभइ समय लम्ब्याउने खेल खेलिरहेको आरोप समेत लगाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेताबीच प्रत्यक्ष भेट गराउने प्राथमिकता व्यक्त गरेका छन् । यसअघि आइतबार मात्रै रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको थियो । रातभरको आक्रमणमा रुसले आठ सय पाँच ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनको आरोप छ ।

प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्