रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै ट्रम्प, नेटो राष्ट्रलाई पत्र लेखे
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने तयारी थालेको छ ।
अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सदस्य राष्ट्रहरुलाई पत्र लेख्दै युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरको छ ।
ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै नेटोको जीत हासिल गर्ने प्रतिबद्धता एक सय प्रतिशतभन्दा निकै कम रहेको बताएका छन् ।
यस्तै उनले नेटोले चीनमाथि ५० देखि एक सय प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव समते गरेका छन् ।
प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार
















