भारतमा दुई करोड इनाम तोकिएकी माओवादी नेतृद्वारा आत्मसमर्पण



एजेन्सी । भारतमा चार दशकभन्दा बढी समय माओवादी आन्दोलनमा सक्रिय रहेकी केन्द्रीय सदस्य पोथुला पद्मावती ‘सुजाता’ शनिबार आत्मसमर्पण गरेकी छिन् ।

६२ वर्षीया सुजाता भारतको दण्डकारण्य क्षेत्रमा १९८७ देखि सक्रिय रहँदै आएकी थिइन् । उनको टाउकोमा १.२५ करोड भारतीय रुपैयाँ (करिब दुई करोड नेपाली रुपैयाँ) को इनाम घोषित गरिएको थियो ।

छत्तीसगढका गृहमन्त्री विजय शर्माले सुजाताको आत्मसमर्पणले माओवादी केन्द्रीय समितिको संरचना कमजोर बन्दै गएको दाबी गरे ।

प्रहरीका अनुसार, सुजाता हालसम्म भाकपा (माओवादी) को दक्षिण उपक्षेत्रीय ब्यूरो सचिव र जनता सरकारकी प्रमुख थिइन्। उनले १९८२ मा जनयुद्ध समूहमार्फत भूमिगत राजनीतिक जीवन सुरु गरेकी थिइन् ।

प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्