झलनाथ खनालकी पत्नी रविलक्ष्मीको देब्रे हात काटियो
काठमाडौँ, असोज ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।
काठमाडौंमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले उनको घरमा आगजनी गर्दा जलेकी रविलक्ष्मीको उपचारको क्रममा हात काटिएको हो ।
जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको देब्रे हात ४० प्रतिशत जलेको भन्दै अस्पतालले उनको हात काट्नुपरेको जनाएको बताइएको छ ।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार












