संविधान दिवसको अवसरमा शान्ति र्याली
काठमाडौँ, असोज ३ । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौँमा संविधान दिवसको अवसरमा शान्ति र्यालीको आयोजना गरिएको छ ।
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालको आयोजनामा ¥याली निकालिएको हो । संविधान दिवसको अवसरमा शान्ति र्याली माइतीघरबाट सुरु भई भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा संविधानविद्, पत्रकार, वकिल, मानव अधिकारकर्मी, शिक्षक, बुद्धिजीवी लगायत विभिन्न पेसा र व्यवसायका नागरिकहरू सहभागी थिए । उनीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’ र ’शान्ति स्थापना गरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सहभागीहरूले २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको स्मरण गर्दै समयसापेक्ष यसमा संशोधन र सुधार गर्दै जानुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार












