संविधान दिवस उत्सव मात्रै नभई गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि : प्रधानमन्त्री कार्की



काठमाडौँ, असोज ३ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान संविधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज भएको बताएकी छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले संविधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि भएको बताएकी छन् ।

‘वर्तमान संबिधान नेपाली जनताको भाग्य मार्गदर्शन गर्ने दस्तावेज हो,’ उनले भनिन्, ‘संविधान दिवस केवल उत्सव मात्र नभएर संघीय गणतन्त्रको मुल्यांकन गर्ने दिन पनि हो । १० बर्षमा देशमा के के उपलब्धि भए, के के कमजोरी भए भन्ने कुराको समिक्षा हुनुपर्दछ ।’

सरकारबाट भएका कमीकमजोरीका कारण जेनजी आन्दोलनको जन्म भएको भन्दै उनले भ्रष्टाचार, सुशासन, विकास र न्यायमा चुकेका कारण युवाहरु सडकमा आएको बताइन् ।

प्रधानमन्त्री कार्कीले तोकिएको जिम्मेवारी अनुसार निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने स्पष्ट गरेकी छन् ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्