विभिन्न १२ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ, असोज ९ । विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै तीन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । सरकारले हिजो (बुधबार)देखि लागू हुने गरी कालोसूचीमा राखिएको जनाएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार












