साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै
काठमाडौँ । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले आज (बिहीबार) साबिक विजेता भारतसँग खेल्दैछ ।
दोस्रो सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल भारतलाई जित्ने दाउसहित मैदानमा आउनेछ भने भारत अपराजित यात्रा कायम राख्ने लक्ष्य सहित मैदानमा उत्रिने छ । जारी प्रतियोगितामा भारतको अपराजित यात्रा कायम छ ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार
















