यी दुई प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना



काठमाडौं, असोज ९ । हाल देशभर मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको प्रभाव छ । यसको प्रभावले बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडमा केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

आज राति देशको अधिकांश भूभागमा मौसम सफा रहने छ । तर पनि पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्