माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं, असोज ९ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विशेष महाधिवेशन आयोजक समिति गठनलगायत विषयमा छलफल गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यही असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशन मूल आयोजक समिति गठन गर्ने प्रस्ताव पेस गरेका गरेका थिए ।
उक्त प्रस्तावमाथि उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाउँदै वरिष्ठ नेतालाई संयोजकको जिम्मेवारी दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात् माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको विषयमा थप दबाब सिर्जना गरिएको थियो ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार












