नेतान्याहुलाई वेस्ट बैंक कब्जा गर्न नदिने ट्रम्पको चेतावनी
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई वेस्ट बैंक कब्जा गर्न अनुमति नदिने बताएका छन्।
शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा नेतान्याहुको सम्बोधनअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने- ‘म इजरायललाई वेस्ट बैंक एनेक्स गर्न दिने छैन, त्यो हुनेवाला छैन ।’
राष्ट्रपति ट्रम्पले सोमबार प्रधानमन्त्री नेतन्याहुसँग भेट्ने कार्यक्रम छ।
इजरायलमाथि गाजा युद्ध अन्त्य गर्न र वेस्ट बैंकको कब्जा हटाउन अन्तर्राष्ट्रिय दबाब बढ्दो छ । धेरैवटा पश्चिमी मुलुकहरूले औपचारिक रूपमा प्यालेस्टाइनलाई औपचारिक रूपमा देशको रूपमा मान्यता दिइरहेका छन्।
बेलायत र जर्मनीले इजरायललाई एनेक्सेसन नगर्न चेतावनी दिएका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई नैतिक, कानूनी र राजनीतिक हिसाबले असह्य’ भएको बताएका छन् ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार
















