दशैँको टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै
काठमाडौं असोज १७ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












