यी ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १७ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा आज देशभर साधारणतया बदली हुनेछ ।
जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भूभाग र मधेस प्रदेश लगायत पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












