महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
महोत्तरी, असोज १७ । महोतरीको खयरमारामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
घारीबथानबाट खैरमारा हुँदै काठमाडौँ जान लागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा बसमा सवार २० जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोे छ ।
घाइतेहरुको अवस्था र संख्या यकिन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीले बताए । दुर्घटना लगत्तै स्थानीयले घाइतेहरुलाई उद्धार गरी अस्पतालतर्फ पठाएका छन् ।
खैयरमारा स्कुल अगाडि पैदल यात्रु चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको जोशीले बताए । बसको ठक्करबाट चौधरीको दुर्घटना स्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक जोशीले बताए ।
घाइतेहरुलाई तत्कालै स्थानीयले उद्धार गरी बर्दिबास स्थित शुभस्वस्तीक अस्पताल पु¥याइएको छ । बसमा सवार सबै यात्रु घाइते भएको र विस्तृत जानकारी संकलन भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक बिकाश बलमे बताए ।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












