कुलमानले भने – ‘उज्यालो नेपाल पार्टीसँग मेराे सम्बन्ध छैन ‘



काठमाडौं १७ असाेज। भौतिक पुर्वाधार तथा सहरी विकास एवम् ऊर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल नामक पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।

उनले त्यस पार्टीका अध्यक्षलगायत कोहीसँग पनि छलफल नभएको प्रष्ट पारे । निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरु कुलमान घिसिङसँग पनि वार्तामा रहेको र एउटै पार्टी बन्ने दावी गरिरहेका बेला घिसिङले त्यसकाे खण्डन गरेका हुन् ।

कुलमानले वक्तव्यमार्फत आफू उक्त पार्टीमा आबद्ध रहनेबारे कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागिता नरहनेसमेत प्रष्ट पारे।

प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्