नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध



काठमाडौं, असोज १८ । पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार साँझदेखि पर्न सुरु भएको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङस्थित जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । पहिरोले बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्