धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते



काठमाडौँ, असोज १८ । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । बाँकी २० जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्