काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द
काठमाडौं, असोज १८ । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो ।
विभागका अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सवारी साधन आवतजावत बन्द गरिएको बताएको छ ।
यस अवधिमा यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












